Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

उपत्यका एमबीबीएस पढ्ने विद्यार्थीको पहिलो रोजाइ

विहीबार, ०२ कार्तिक २०७४

काठमाडौं २ कार्तिक /एमबीबीएस वा बीडीएस पढ्न चाहने विद्यार्थीको पहिलो रोजाई उपत्यकाकै मेडिकल कलेज तथा शिक्षण अस्पताल हुने गरेको पाइएको छ । 

काठमाडौं उपत्यकाकै निजी विद्यालयमा विद्यालय शिक्षा र उपत्यकाकै कलेजबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण विद्यार्थीमा एमबीबीएस पढाइ पनि उपत्यकाकै मेडिकल कलेजमा होस भन्ने चाहन्छन् । एमबीबीएस पढन् चाहने धेरै विद्यार्थीको पहिलो रोजाइ उपत्यकाका मेडिकल कलेज हुने गरेको प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अध्यक्ष डा. सुरेशकुमार कनौडिया बताउँछन् ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत उपत्यका र धुलिखेलका मेडिकल कलेजमा एमबीबीएस र बीडीएसमा छात्रवृत्ति, मेरिट र पूर्ण शुल्क गरी ४ सय ८२ सिट छन् भने त्रिभुवन विश्वविद्यालयतर्फ एमबीबीएस र बीडीएसमा गरी उपत्यकामा छात्रवृत्ति, मेरिट र पूर्ण शुल्क गरी २ सय ३६ सिट छ ।

बाहिरका मेडिकल कलेजमा उपत्यकाको तुलनामा २ देखि ३ लाखसम्म महँगो पर्ने भएकाले पनि उनीहरू सकभर मोफसलका मेडिकल कलेज जान चाहँदैनन् । तर प्रवेश परीक्षामा पाइएको अंकको आधारमा समितिले उपत्यकाका मेडिकल कलेजमा भर्ना पाउने भए पनि अन्य विद्यार्थी भर्नाको वैकल्पिक सूची कुरेर बस्ने गरेको डा. कनौडिया सुनाउँछन् ।

उनका अनुसार भर्ना गर्ने मिति सकिन थालेपछि मात्रै विद्यार्थी र उनीहरूका अभिभावक मोफसलका मेडिकल कलेज धाउन थाल्छन् । उपत्यकाका कलेज पहिलो रोजाइ हुने गरे पनि मोफसलका मेडिकल कलेजको पूर्वाधार, पढाइ, गुणस्तर र नतिजामा खासै भिन्नता नभएको कनौडियाको दाबी छ ।

शैक्षिक सत्र २०७४÷७५ का लागि एमबीबीएस र डेन्टल विषयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं विश्वविद्यालयले एमबीबीएस प्रवेश परीक्षा लिएर परीक्षाफल प्रकाशित गरिसकेको छ ।

गत शनिबार भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको प्रवेश परीक्षामा भने चिट चोरी र नक्कली परीक्षार्थीका कारण परीक्षाफल केही समयका लागि स्थगित गरेको छ । काठमाडौं विश्वविद्यालयको आफ्नै र सम्बन्धन दिएका गरी १० मेडिकल कलेज र शिक्षण अस्पतालका लागि चालू शैक्षिक सत्रमा प्रवेश दिएका ८ हजार ४ सय ७८ मध्ये एमबीबीएस अध्ययनका लागि योग्य ४ हजार ३ सय २६ विद्यार्थीको नाम प्रकाशित गरेको हो ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत चालू शैक्षिक सत्रमा काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा एमबीबीएसका लागि ७५ सिट र उपकुलपति छात्रवृत्तिमा एक सिटको स्वीकृति छ । सो विश्वविद्यालयबाट सम्बन्धन पाएका काठमाडौं मेडिकल कलेज सिनामंगलमा सय सिट, विराट मेडिकल कलेज (बीएमसी) विराटनगरमा ६५, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा सय, देवदह मेडिकल कलेज (डीएमसी) रूपन्देहीमा ४०, लुम्बिनी मेडिकल कलेजमा पाल्पामा सय, मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरामा सय, नेपालगन्ज मेडिकल कलेजमा सय, नोबेल मेडिकल कलेज विराटनगरमा ९० र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा सय सिट अध्यापन स्वीकृति पाएका छन्् । यसैगरी यी ६ कलेजले बीडीएस अध्यापनका लागि २ सय ६५ सिट स्वीकृति पाएका छन् ।

काठमाडौं विश्वविद्यालयस“ग सम्बन्धन लिएका सबै १० वटा मेडिकल कलेजमा थप एकएक सिट र डेन्टलतर्फ थप ६ सिट गरी १६ सिट उपकुलपति छात्रवृत्तिका लागि व्यवस्था गरिएको छ । अध्यापनका लागि स्वीकृति प्राप्त सिटमध्ये आधामा प्रवेश परीक्षा उत्तीर्ण मेरिटका विद्यार्थी, १० प्रतिशत सरकारी छात्रवृत्ति र ४० प्रतिशत विदेशी विद्यार्थीका लागि छुट्याइएको छ ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया