Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नै नदिएका भारतीय भर्ना

विहीबार, ०३ साउन २०७५

काठमाडौं ३ साउन / नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ, तर चलिरहेका कलेजले विद्यार्थी पाइरहेका छैनन् । वीरगन्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । तर, नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

नयाँ पत्रिकाका अनुसार दुवै विश्वविद्यालयले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन् । तर, सरकारले कलेजको गुणस्तर होइन, संख्या बढाउन मात्र ध्यान दिएको छ ।

प्रवेश परीक्षा पास भएका विद्यार्थीलाई कलेज रोज्न लगाउँदा ४५ जना नेपाली र तीनजना भारतीय गरी जम्मा ४८ जनाले नेसनल मेडिकल कलेज रोजेका थिए । प्रवेश परीक्षा पास गरेका विद्यार्थीको रोजाइमा नपरेको कलेजले बा“की सिट खाली राख्नुपथ्र्यो । तर, नेसनल मेडिकल कलेजले भारतीय पत्रिकामा विज्ञापन गरेर विद्यार्थी ओसारेर सिट पूरा गरेको छ । त्यसरी ओसारिएका ४२ जनाले नेपालको नियमअनुसार प्रवेश परीक्षासमेत पास गरेका छैनन् ।

अझ, कुनै पनि कलेजले २५ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न पाउँदैन, तर नेसनल मेडिकलले ४५ जना अर्थात् ५० प्रतिशत विदेशी राखेर सिट भरेको छ । यो विषयमा त्रिभुवन विश्वविद्यालयले हस्तक्षेप गरेपछि नेसनल मेडिकल कलेज अदालत गएको थियो । जिल्ला अदालत पर्साले अन्तरिम आदेश दिएर विद्यार्थी भर्ना जारी राख्न भनेको छ । तर, अन्तिम फैसला आइनसकेकाले चर्को शुल्क तिरेर नेसनलमा पढिरहेका ४२ जना भारतीय विद्यार्थीको भविष्य पनि अन्योलमा छ ।

नयाँ पत्रिकामा खबर छ ।  

प्रतिक्रिया