Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

परीक्षाहलभित्रै हात हालाहाल

शनिबार, १९ साउन २०७५

काठमाडौं १९ साउन / त्रिभुवन विश्वविद्यालयमा परीक्षा हलभित्रै झगडा भएको छ । शुक्रबारबाट सुरु भएको स्नातकोत्तर तह दोस्रो सेमेस्टर नेपाली विषयको परीक्षा हलमा कुर्सीमा बसेर परीक्षा दिनुपर्ने भएपछि विद्यार्थी आक्रोशित बनेका थिए ।

नयाँ पत्रिकाका अनुसार असहज रूपमा परीक्षा दिनुपरेको भन्दै विद्यार्थीले विरोध गरेपछि त्यहाँ शिक्षक र विद्यार्थीबीच झन्डै हात हालाहालको स्थितिसमेत भएको थियो । परीक्षार्थीले अब आउने परीक्षाका दिन आफूहरूलाई परीक्षा दिनका लागि सहज वातावरण बनाइनुपर्ने भनेकामा त्यहाँका शिक्षकले फर्निचर व्यवस्थापनमा कुनै पनि परिवर्तन नहुने कक्षाकोठामा जस्ता फर्निचर छन्, त्यस्तैमा परीक्षा लिने बताएका छन् ।

त्रिवि परीक्षाहलभित्रै हात हालाहाल शिर्षकमा नयाँ पत्रिकामा छापिएको

प्रतिक्रिया