Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

जोखिममा पढ्न बाध्य छन् विद्यार्थी

सोमबार, ०४ भदौ २०७५

काठमाडौं ४ भदौ / हुम्ला सदरमुकाम सिमकोटबाट दुई घण्टा पैदलको रलिङ माध्यमिक विद्यालयका विद्यार्थी डराएर पढ्न बाध्य भएका छन् । आकाश गर्जदा वा भूकम्प आउँदा मात्र होइन, जोडले दौड्दा पनि भवन हल्लिने भएपछि विद्यार्थी डराएर पढ्न बाध्य भएका हुन् । 

आकाश गर्जदा र भूकम्प आउँदा पूरा भवन हल्लिने भए पनि अन्य विकल्प नहुँदा सोही भवनमा पढ्न बाध्य भएका रलिङ माविको कक्षा १० मा अध्ययनरत छात्र धनञ्जय बोहोराले बताउनुुभयो । हालसम्म केही नभए पनि पढ्दा मानसिक तनाव हुने उहाँले बताउनुुभयो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले चर्काएको भवनमा विद्यार्थी सधैँ डराएको मनस्थितिमा रहनुपरेकाले पढाइमा असर परेको बाल क्लबका अध्यक्षसमेत रहनुभएकी कक्षा १० कि छात्रा छिरिङलामु लामाले बताउनुुभयो ।

दुईतले आठकोठे भवनको चिरा परेका तीनवटा कोठामा हाल कक्षा आठ, नौ र १० को अध्यन÷अध्यपान भइरहेको विद्यालयका शिक्षक वसन्तकुमार थापाले बताउनुुभयो । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार र केही जिन्सी सामानबाट स्थानीय उपभोक्ताले योजनाअनुसार भवन निर्माण नगर्दा विद्यालयलाई ठूलो क्षति भएको उहाँले बताउनुुभयो । तीनमध्ये दुईवटा भवन भूकम्पका कारण क्षतिग्रस्त बनेको र एउटामा सामान्य क्षति पुगेकाले यही अध्यापन भइरहेको उहाँले बताउनुभयो । 

गोरखापत्रबाट 

प्रतिक्रिया