Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

विद्यालयमै मैनबत्ती उत्पादन, ५१ हजार आम्दानी

शुक्रबार, ३० कार्तिक २०७५

काठमाडौं ३० कात्तिक / विद्यालयको आर्थिक स्थितीलाई सुधार तथा बिद्यार्थीहरुले पेसाागत दक्षता हासिलका लागी बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका छात्र छात्राहरुले मैनबत्ती उत्पादन गरेका छन । पेशाप्रति दक्षता हासिल गर्न ६ देखि कक्षा १० सम्मका  विद्यार्थीले  विद्यालयमै मैनबत्ती उत्पादन गरेका हुन ।

पेसा तथा ब्यवसाय बिषयको प्रयोगात्मक समयमा  विद्यार्थीबाटै मैनबत्ती उत्पादन गरिएको  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम सिँह भाटले जानकारी दिए ।

उक्त प्रयोगात्मक को समयमा उत्पादन गरेको मैनबत्ती बाट  विद्यालयलाई निकै राम्रो आर्थिक लाभ भएको छ ।  विद्यार्थीहरुले पेषागत दक्षता हासिल गर्न सकुन र  विद्यालयको आर्थिकक स्थितीलाई सुधार गर्न मैनबत्ती उत्पादन गरिएको हो ।

सिद्धेश्वर माध्यामिक  विद्यालयले ८ जना शिक्षकहरु लाई निजि श्रोत बाट तलब दिएर काम गराउदै आएको छ । निजि श्रोत बाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न सार्है गार्हो भएको अध्यक्ष भाटले बताए ।   विद्यार्थीले उत्पादन गरेको मैनबत्ती बिक्री गरी आएको रकमबाट निजि शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुग्ने उनले भने । उत्पादन गरेको मैनबत्ती बिक्री गर्ने गरिएको छ ।

पेसा तथा ब्यवसाय बिषय अध्यापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकारी प्रयोगात्मक सिकाई बाट बिद्यार्थीहरु ७ थरीका मैनबत्ती बनाउन सफल भएका प्रद्यानाध्यापक नरेन्द्र भट्टले बताए । यस प्रकारको सिकाइबाट विद्यार्थीमा पेसाप्रतीको आकर्षण बढ्ने र भबिश्यमा पेषागत विद्यार्थीको लागी स्वरोजगारको बाताबरण सिर्जना हुने अपेक्षा समेत गरिएको छ ।

मैनवत्ती उत्पादनका लागि विद्यालयले ४ वटा सांचो संगै सवा क्वइण्टल मैन, धागो, रङ् प्लाष्टिक लगायतका सामानहरु खरिद गरिदिएपछि विद्यार्थीहरु मैनवत्ति उत्पादनमा लागेका हुन् । विद्यालय संचालन भएको दिन प्रयोगात्मक कक्षामा दैनिक एक घण्टा मैनवत्ती उत्पादन गर्ने गरेका उनीहरुले सार्वजनिक विदाको दिन भने दिउसोभर नै मैनवत्ति उत्पादन गर्ने गरेका विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई होमवर्क, क्लास वर्क दिएरै भुलाउने र परीक्षाको समयमा घोक्न लगाएर धेरैभन्दा धेरै अंक ल्याउन उत्साहित गराउने प्रवृतिलाई चिर्दै प्रयोगात्मक पद्धतीमा टिकेर विद्यार्थीहरुलाई सक्षम वनाउने गरि पढाउन थालेको विद्यालयका शिक्षक प्रकाश महराले बताए । जाँचमा धेरै नम्बर ल्याउने बच्चा एकदमै राम्रो र कम नम्बर ल्याउने बच्चा काम नलाग्ने भनेर जुनहिसाबमा समाजले व्याख्या गर्छ, त्यसले पनि अभिभावक र शिक्षक दुवैलाई असर गरेको छ,’ उनले भने । विद्यार्थीको पढाइको स्तरबारे समेत नियमित अभिभावकसँग छलफल गरिँदै आएको छ ।

सिद्धेश्वर मावि हुक्केडाँडामा दशैंपछी सुरु गरेको मैनबत्ती बिक्रीवाबाट हालसम्म ५१ हजार आम्दानी गरेका छन । विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५१ हजार रुपैया आम्दानी गरेका हुन ।

विद्यालयमा उत्पादन गरेका थरि थरिका मैनबत्ति जिल्ला भित्रैका पाटन, खोडपे लगायत सदुमुकाम लगायत अन्य स्थानिय बजारहरुमा बिक्री गरिएको विद्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पेशा तथा ब्यवसाय बिषयको प्रयोगात्मक समयमा बिद्यार्थीहरुबाटै मैनबत्ती उत्पादन गरिएकोमा १४ सय प्याकेट मैनबत्ति बिक्रि गरेको विद्यालयका प्रद्यानाध्यापक नरेन्द्र भट्टले जानकारी दिए ।

नेपाल समाचारपत्रमा विनोद सिंह विष्टले लेखेका छन् । 

प्रतिक्रिया