Edukhabar
विहीबार, २० बैशाख २०८१
जिव्रो

अस्थायीलाई मात्रै हैन स्थायी शिक्षकलाई पनि गोल्डेन ह्याण्डसेक !

आइतबार, ३० जेठ २०७३
Huta Mani Adhikary

अहिले सबैतिर अस्थायी शिक्षक बिदाइको चर्चा छ ।बर्तमान शिक्षा जगतका मुल समस्याका रुपमा तिनलाई मात्रै मानेर अब तिनलाई ठेगान लाए पछि शिक्षा क्षेत्रका तमाम समस्या हल हुन्छन् भन्ने खालका समाचार बिचारको बाढी देखिन थालेको छ । समस्याको जरो शिक्षकमा मात्र होइन अन्यत्र पनि खोज्नुपर्छ , शिक्षकमा मात्र खोट देख्ने प्रवृत्तिले र मनसिकताले कहिल्यै समाधान नभेटिने सत्यलाई जिम्मेवारहरुले अात्मसात गर्न सक्नुपर्छ ।समस्या शिक्षकमा पनि रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ तर अस्थायी मात्र समस्या होइनन् , २० / २५ बर्ष सेवा पुगेका कहिल्यै अाफुलाइ अपडेट नगर्ने , पुरानो सोच शैलीका, बर्षौं देखि एउटै स्कुलमा जरा गाडेर बसेका अधिकांश स्थायी शिक्षक पनि समस्याको रुपमा रहेकोले गोल्डेन ह्यान्डसेक २ को र शिक्षा प्रशासनका कर्मचारीहरुका लागि गोल्डेन ह्यान्डसेक ३ समेतको ब्यबस्था हुनु अाबश्यक देखिन्छ ।

प्रतिक्रिया