Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शिक्षकमात्र दोषी र जिम्मेवार

शनिबार, २३ पुस २०७३

रोहिणी न्यौपाने, पेशाले शिक्षक हुन् । चितवन निवासी उनी चितवनै जनजागृति माविका अध्यापन गर्छन् ।
नेपालको सार्वजनिक शिक्षाबारेमा थुप्रै प्रकारका टिकाटिप्पणी र आलोचना हुने गरेका छन् । शिक्षामा गरिएको लगानी र त्यसअनुरुपको गुणस्तर नआउँदा शिक्षा आलोचित छ । यतिमात्र नभएर शिक्षामा थुप्रै खालका विकृति र विसंगति पनि भित्रिएका छन् । यसको कारकमा शिक्षकमात्र दोषी र जिम्मेवार छैनन्। यसमा शिक्षामा आमूल परिवर्तन गर्छु भन्ने राजनीतिक दलहरु पनि जिम्मेवार र दोषी छन् ।
शिक्षामा आएको विकृति, विसंगतिलाई न्यून गर्ने काम भनेको फेरि शिक्षकले हो, शिक्षकको प्रत्यक्ष सम्बन्ध विद्यालय र विद्यार्थी, अभिभावकसँग हुँदा शिक्षकबाट धेरै अपेक्षा पनि गरिन्छ ।
के कारणले शिक्षामा र  शिक्षण क्रियाकलापका नायकहरुमा विकृति भित्रियो त ? भन्ने प्रश्नको जवाफ शिक्षक यौपानले कवितामार्फत् दिन खोजेका छन् । यतिमात्र होइन, शिक्षामा भित्रिएको विकृतिलाई हटाउने काम पनि शिक्षकले नै गर्न सक्छन् भन्ने भावको कवितालाई हामीले यो साताको शिक्षा साहित्यमा समेटेका छौं ।

एउटै शिक्षक कुद्दछ दिनभर दौडेर बाइकमा,
चढ्नै पर्दछ मञ्चमा किनभने बोल्नुछ माइकमा
प्रावि,मावि,उमावि,क्याम्पस पनि भ्याउँछ एकैजना
गर्ने के कतिखेर हो सब कुरा ट्याम छैन एकैछिन ।

ढिलो जानु र निस्कनु केही अघि कक्षा निरन्तर भयो
कक्षाबाट तुरुन्त बाइक चढि स्कूल अर्को गयो
कस्ले खोज्छ हटाउन बेथिति यि गर्ने बढि टिप्पणी
नेता शिक्षक स्यालरी कमि भयो भन्नोस् न अघि बढि।

एकै ठाउँ खटेर कर्म गरने मौका भए ढुक्कले,
शिक्षा क्षेत्र अलग्भए अगतिला कुराजनीतिकले
पक्कै हुन्छ सुधार क्षेत्र पनि यो पेशा छ संमानित,
आफ्नो मानक भै स्वयं अघि बढौँ को हुन्छ अप्मानित।

 

प्रतिक्रिया