Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षक सरुवा रोक्का

मंगलबार, १३ मंसिर २०७९

भक्तपुर - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवा रोक्का गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले देशभरका शिक्षा विकास तथा समन्वय इकाई र पालिकालाई शिक्षक सरुवा नगर्न परिपत्र गरेको हो । २०७९ मा हुने स्थायी शिक्षकको खुला विज्ञापन तथा आन्तरिक बढुवाबाट पदपूर्ति गर्न लागिएको भन्दै शिक्षक सरुवाको कुनै पनि काम नगर्न आग्रह गरेको हो । केन्द्रको उक्त सूचनामा रिक्त दरबन्दीमा कुनै पनि किसिमबाट सरुवा गरी स्थायी शिक्षक पदपूर्ति गर्न र सरुवा सहमति समेत प्रदान नगर्न भनेको छ ।

हाल रिक्त रहेका शिक्षकको ठाउँमा शिक्षक सेवा आयोगबाट सिफारिश भएका शिक्षकलाई पदस्थापना गर्न पनि ती निकायलाई आग्रह गरिएको छ । केन्द्रले २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म रिक्त हुने स्वीकृत दरबन्दी अन्तर्गतका शिक्षक पदहरुको विवरण केन्द्रमा आइसकेको र सोही विवरण अनुसारको विज्ञापन गर्न शिक्षक सेवा आयोगमा पठाइ सकेको जनाएको छ ।

विज्ञापनका लागि भनी माग गरी पठाइएको रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्ति गरी शिक्षक सेवा आयोगबाट सिुफारिश भई आएका स्थायी शिक्षक पदस्थापनामा असर पर्न गएमा सम्बन्धित इकाइ र पालिका नै हुने पनि केन्द्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया