Edukhabar
शनिबार, १० जेठ २०८२
अन्तैवाट

३६ लाख किताब छाप्न बाँकी

सोमबार, २९ चैत्र २०७२

काठमाडौँ, २९ चैत । नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी रहँदा पनि शिक्षा विभागले विद्यालय तहका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्याछउन सकेको छैन। कक्षा ६ र ७ का ५० प्रतिशत किताब छाप्न अझै बाँकी छ।

शिक्षा विभागमा आइतबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकमा विभागका निर्देशक वैकुन्ठ अर्यालले प्रस्तुत गरेको तथ्यांक अनुसार जनकपुरमा १८ लाख थान किताब आवश्यक रहेकोमा नौ लाख थान मात्र पुगेको छ। बैठकमा सहभागी सदस्य सरिता अर्यालका अनुसार विराटनगरमा २० लाख ६५ थान किताब चहिनेमा त्यसको ५० प्रतिशत मात्र पुगेको तथ्यांक निर्देशकले बैठकमा पेस गरेका थिए। 

कक्षा ६ र ७ का ५० प्रतिशत किताब अझै छाप्न बाँकी रहेको अवस्थामा वैशाख ५ गतेदेखि निःशुल्क पाठ्यपुस्तक वितरण अभियान थाल्ने निर्णय सस्तो लोकप्रियताका लागि मात्र भएको सदस्य अर्यालको ठहर छ। 

अभिभावक संघ, नेपालकी उपाध्यक्ष अर्यालले सोही बैठकमा विभागका निर्देशकले पोखरामा कक्षा ६ का किताब निजी प्रकाशनगृहले कानुनविपरीत छापेर पुर्याकएको जानकारी गराइएको बताइन्। सरकारले निजी प्रकाशन गृहलाई कक्षा १–५ सम्मका पाठ्यपुस्तक मात्र छाप्ने र पाँच विकास क्षेत्रमा वितरणको जिम्मा दिएको छ। 

यसैगरी चितवनमा कक्षा १–१० सम्म ३ लाख ८१ हजार थान किताब आवश्यक रहेकोमा आइतबारसम्म विभागको रिर्पोटिङमा एक लाख ५० हजार थान मात्र पुगेको छ। ुसमग्रमा जिल्लाहरूमा कक्षा ६ र ७ का अझै ५० प्रतिशत किताब सरकारले पुर्या उन सकेको छैन,' बैठक सकिएलगत्तै अर्यालले भनिन्, ुतर शिक्षा मन्त्रालय र विभागले वैशाख ५ गतेदेखि १५ गतेसम्म 'निःशुल्क पाठ्यपुस्तक वितरण अभियान 'मनाउँदै छ। जुन आफैंमा असफल कार्यक्रम हुने निश्चित छ।' 

अभियानका लागि सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण अभियान प्रचारका लागि ३५ हजार थान पर्चा छपाएको छ। ुकिताबै अपुग छापेर सरकारले कसरी निःशुल्क पाठ्यपुस्तक वितरण अभियान सफल पार्न सक्छरु,ु अर्यालले प्रश्न गरिन्। उनले गैरकानुनी रूपमा कक्षा ६ का किताब छापेर जनक शिक्षालाई सिध्याउन खोज्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने बताइन्।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले वैशाख १५ सम्म सबै पुस्तक छपाइ तथा वितरण गरिसक्ने दाबी गरेका छन्। सरकारले यस वर्ष जनक शिक्षालाई कक्षा ६–१० सम्मका लागि एक करोड ७० लाख थान किताब छाप्ने जिम्मेवारी दिएको थियो। जसमध्ये जनकले हालसम्म आफनो र निजी १० प्रेसको सहयोगमा एक करोड ४० लाख थान किताब छापेको छ। ुहामीले कक्षा ६ र ७ का कुल ७२ लाख थान किताब छाप्नुपर्ने हो,ु प्रबन्ध निर्देशक झाले भने, ुहामीले छाप्न बाँकी ३६ लाख थान किताब १० निजी प्रेसलाई दिएका छौं।' 

निजी प्रकाशन गृहहरूले भने सरकारी तथ्यांक अनुसार कक्षा १–५ सम्मका एक करोड ८३ लाख थान किताब छापेर पाँचै विकास क्षेत्रमा पुर्याकइसकेको निजी प्रकाशन गृहहरूका प्रतिनिधि दीपक भण्डारीले जनाए। अनुगमन समिति सदस्य समेत रहेका भण्डारीले सरकारले निजी प्रकाशन गृहलाई कक्षा १–५ सम्मका किताब छपाइ र वितरणको जिम्मेवारी दिएको भन्दै त्यो पूरा गरेको दाबी गरे। ुहामीले ९० प्रतिशत किताब सबै जिल्लामा पुर्यािइसकेका छौं,ु भण्डारीले भने, ुनपाएका केहीलाई पुस्तक छन् लिन आउनुहोस् भनेर सार्वजनिक रूपमै सूचना दिएका छौं।' 

शिक्षा विभागका महानिर्देशक खगराज बरालले जनक शिक्षा र निजी प्रकाशन गृहले सहकार्य गरी कक्षा १–१० सम्मकै किताब वैशाख ५ गतेभित्र सबै जिल्लामा पुर्याएर ५ देखि १५ गतेसम्म भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरण अभियान मनाउने निर्णय गरिएको बताए। उनले पनि कक्षा ६ र ७ का ५० प्रतिशत पुस्तक छाप्न बाँकी रहेको स्वीकार गरे। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया