Edukhabar
आइतबार, ०४ जेठ २०८२
गतिविधि

शिक्षक बढुवामा सरकारको प्रस्ताव १५ वर्ष, संसदीय उपसमितिले बनायो सात वर्ष

सात वर्ष भन्दा बढी सेवा गरेका कार्यरत स्थायी शिक्षकमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मुल्याङकनको आधारमा बढुवा गरिने प्रावधान राखेको हो ।

आइतबार, ०४ जेठ २०८२

काठमाडौँ–विद्यालय शिक्षा जारी भए पछि शिक्षक सेवामा पनि विशिष्ट श्रेणी थप हुने भएको छ । 

स्नातकोत्तर तह उत्तीर्ण गरी प्रथम श्रेणीमा सात वर्ष काम गरेका शिक्षक मध्येबाट विशिष्ट श्रेणीमा बढुवा गर्ने गरी कानुन बनाउन संसदीय उपसमितिले सहमति जुटाएर आइतबार समितिलाई प्रतिवेदन बुझाएको हो । सरकारले १५ वर्ष भन्दा बढी काम गरेका शिक्षकलाई विशिष्टको प्रस्ताव गरे पनि उपसमितिले सात वर्ष काम गरेका स्थायी शिक्षकलाई पनि विशिष्ट श्रेणीमा बढुवा गर्न सकिने प्रावधान थप गरेको हो । 

सात वर्ष भन्दा बढी सेवा गरेका कार्यरत स्थायी शिक्षकमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मुल्याङकनको आधारमा बढुवा गरिने प्रावधान राखेको हो । 

यो ऐन जारी भए पछि सरकारले विद्यालय शिक्षक सेवाको माध्यमिक तहतर्फ प्रदेशमा बढीमा दुई वटा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जन गर्ने प्रस्ताव गरेको थियो । 

 

प्रतिक्रिया