काठमाडौं-संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनमा शिक्षक महासंघ र विद्यालय व्यवस्थापन संघका सदस्यलाई काज र अन्य सुविधा नदिने व्यवस्था कानुनमा राख्नु पर्ने प्रस्ताव गरेको छ । यसअघि महासंघका पदाधिकारीहरूले काजमा दरबन्दी भन्दा अन्यत्र गएर बस्ने गरेका थिए ।
उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,‘नेपाल शिक्षक महासंघ र यस ऐन बमोजिमको विद्यालय व्यवस्थापन संघको सदस्य भएकै कारणले त्यस्तो सदस्यले काज वा थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारीबाट कुनै किसिमको छुट पाउने छैन ।’
त्यस्तै प्रधानाध्यापकले पदमा कार्यरत रहँदासम्म नेपाल शिक्षक महासंघको सदस्यता लिन समेत रोक लगाएको छ । ‘प्रधानाध्यापक महासंघको सदस्यता कुनै पदमा रही काम गर्न र महासंघ तथा यस ऐन बमोजिम गठन हुने विद्यालय व्यवस्थापन संघको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछैन ।’
प्रतिक्रिया