Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

आवश्यकता रहेन विद्यालय व्यबस्थापन सिमितिको

मंगलबार, २३ कार्तिक २०७३

Megharaj Paudyal's Profile Photo

Megharaj Paudyal

शत प्रतिशत सरकारी अनुदानमा चलेका सामुदायिक विद्यालयमा विद्यालय व्यबस्थापन सिमितको आवश्यकता छैन । यो स्थानीय साधन श्रोत जुटाउने नभै भएको श्रोत बाँडी खाने र राजनीतिक अखडा बनाउने साधन मात्र हो । यसले गर्दा जिल्ला शिक्षा अधिकारीहरू निष्कृय रहने र निरिक्षकहरू पनि तोकिएको काम नगरी हाजिर गरेर अन्य पेशामा संलग्न हुने देखिएको छ । जिल्ला शिक्षा अधिकारीलाई जवाफदेही बनाउन विद्यालयको आर्थिक कारोबार प्रशासकीय कर्मचारी र प्रधानाध्यापकबाट गराउने, वार्षिक कार्यक्रम सहितको बजेट शिक्षा कायार्लयमा पेश गरी जिल्ला शिक्षाा सिमितबाट स्विकृत गराउनु पर्ने व्यबस्था हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया