Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

सामाजिकमा सबैभन्दा बढी प्रतिस्पर्धा

शिक्षक सेवा आयोगले ४ सय ४२ पदको लागि विज्ञापन गरेकोमा ४२ हजार ६ सय ४३ जनाले प्रतिस्पर्धा गर्दै छन् । यसमा सबैभन्दा बढी सामाजिक र सबैभन्दा कम संस्कृत व्याकरणमा प्रतिष्पर्धा हुने भएको छ ।

आइतबार, २१ माघ २०८०

काठमाडौं-माध्यमिक तहको खुला विज्ञापनमा अनिवार्य सामाजिक विषयमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने भएको छ । चैत ३ मा परीक्षा गर्ने गरी शिक्षक सेवा आयोगले ४ सय ४२ पदको लागि विज्ञापन गरेकोमा ४२ हजार ६ सय ४३ जनाले दर्खास्त दिएका छन् । यसमा सबैभन्दा बढी सामाजिक विषयमा प्रतिस्पर्धा हुने भएको हो । सामाजिकमा ५३ पदको लागि ७ हजार ६ सय ४६ जनाले अथार्त १ सय ४४ गुणा बढीले आवेदन दिएका छन् । त्यस्तै नेपालीमा ६७ पदको लागि ९ हजार ६ सय ३८ जना अथार्त १ सय ४३ गुणा बढी आवेदन परेको छ । तेस्रो प्रतिस्पर्धा हुने विषय हो अंग्रेजी । अग्रेजीमा ७९ पदको लागि विज्ञापन भएकोमा १० हजार ६ सय १६ जनाले अथार्त १ सय ३४ गुणाले दर्खास्त दिएर प्रतिस्पर्धा गर्ने भएका छन् । लेखामा पनि १५ पदको लागि विज्ञापन भएकोमा १ हजार ८ सय ८७ जनाले अथार्त १ सय २५ गुणा भन्दा बढी दर्खास्त परेको छ । गणितमा विज्ञापन भएको ८५ पदको लागि ५ हजार ७ सय अथार्त ६७ गुणा बढी दर्खास्त परेको छ । विज्ञानको सबैभन्दा बढी विज्ञापन १ सय २४ पदमा भएको थियो । यी पदको लागि ६ हजार ५ सय ३७ जना अथार्त ५२ गुणा बढी मात्रै दर्खास्त परेको छ । सबैभन्दा कम प्रतिस्पर्धा संस्कृति व्याकरणमा हुने भएको छ । ३ जनाको विज्ञापन भएकोमा २५ जनाको मात्रै दर्खास्त परेको छ ।  

अनिवार्य नेपालीमा मधेसमा नेपालीको ४ पदको लागि ४ सय ३७ जनाले दर्खास्त दिएका छन् । गण्डकीमा २१ पदको लागि २ हजार ७ सय ८९ जनाले दर्खास्त दिएका छन् । कोसीमा २२ पदको लागि सबैभन्दा बढी २ हजार ८ सय ६६ जनाले दर्खास्त दिएका छन् । वाग्मतीमा ८ पदको लागि १ हजार १ सय २९ जना, लुम्बिनीमा ५ पदको लागि १ हजार २३ जना, कर्णालीमा ६ पदको लागि १ हजार ६ जनाले आवेदन दिएका छन् । त्यस्तै सुदूरपश्चिममा खुला तर्फ १ पदमा विज्ञापन गरेमामा ३ सय ८८ जनाले दर्खास्त हालेका छन् । 

त्यस्तै अंग्रेजी विषयमा ७९ पदमा विज्ञापन निकालेमा १० हजार ६ सय १६ जनाले दर्खास्त दिएका छन् । माध्यमिक तर्फ सबैभन्दा बढी प्रतिस्पर्धा अंग्रेजी विषयमा हुने देखिएको छ । कोसी प्रदेशमा २३ पदको लागि २ हजार ९ सय ७७, मधेसमा २ सिटको लागि २ सय ९५ , बाग्मतीमा १७ पदको लागि २ हजार २ सय ८५, गण्डकीमा १५ पदको लागि २ हजार ८० ले दर्खास्त दिएका छन् । लुम्बिनीमा ५ पदको लागि ९ सय १२ जना, कर्णालीमा ८ पदको लागि सात सय ७३ जना र सदुरपश्चिममा ९ पदको लागि १ हजार २ सय ९४ जनाले दर्खास्त दिएका छन् । 

गणितमा ८५ पदमा विज्ञापन भएको छ । आयोगमा यो पदको लागि प्रतिस्पर्धा गर्न ५ हजार ७ सय जनाले दर्खास्त दिएका छन् । गणित शिक्षकको लागि कोसीमा २३ पदको १ हजार ३ सय ६६ जनाले दर्खास्त दिएका छन् । मधेस प्रदेशमा २ पदको लागि विज्ञापन भएकोमा १ सय ७९ जनाले आवेदन दिएका छन् । वाग्मतीमा २१ पदको लागि विज्ञापन भएकोमा १ हजार ४ सय ७९ जनाले दर्खास्त हालेका छन् । गण्डकीमा २५ पदको लागि विज्ञापन भएकोमा १ हजार ३ सय ५४ जना, लुम्बिनीमा १० पदको लागि विज्ञापन भएकोमा ९ सय २ जनाले  जनाले दर्खास्त दिएका छन् । कर्णालीमा १ जनाको पदमा १ सय ३० र सुदूरपश्चिममा ३ पदको लागि विज्ञापन भएकोमा २ सय ९० जनाले दर्खास्त दिएका छन् । 

अनिवार्य विज्ञानमा १ सय २४ पदमा विज्ञापन भएकोमा ६ हजार ५ सय ३७ जनाले आवेदन दिएका छन् । कोसीमा २७ पदमा १ हजार २ सय ८४, मधेसमा ८ पदमा ३ सय २२, वाग्मतीमा २१ पदमा १ हजार २ सय ७७, गण्डकीमा ३१ पदको लागि १ हजार ५ सय ४० जनाले दर्खास्त दिएका छन् । त्यस्तै लुम्बिनीमा १८ पदको लागि ४सय ३१, कर्णालीमा १० पदको लागि ४ सय ३१, सुदूरपश्चिममा ९ पदको लागि ५ सय १६ जनाले दर्खास्त दिएका छन् । 

अनिवार्य सामाजिकमा ५३ पदमा ७ हजार ६ सय ४६ जनाले आवेदन दिएका छन् । कोसीमा ११ पदको लागि १ हजार ६ सय ८९, मधेसमा ७ पदको लागि ९ सय ४१, वाग्मतीमा १० पदको लागि १ हजार ४ सय १३, गण्डकीमा १६ पदको लागि १ हजार ८ सय ८७ जनाले प्रतिस्पर्धा गर्दै छन् । लुम्बिनीमा ४ पदको लागि  ७ सय १८ जना, कर्णालीमा ५ पदको लागि ९ सय ९८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।   

अर्थशास्त्रमा ७ पदको लागि विज्ञापन भएकोमा ३ सय ७३ जनाले दर्खास्त दिएका छन् । संस्कृतिमा ३ पदको विज्ञापन भएकोमा २५ जना, कार्यालय सञ्चालन तथा लेखामा १५ पदको लागि विज्ञापन भएकोमा १ हजार ८ सय ८७ जनाले दर्खास्त दिएका छन् । कम्प्युटरमा ३ पदमा विज्ञापन भएकोमा २ सय २१ ले प्रतिस्पर्धा गर्ने भएका छन् । 

 

प्रतिक्रिया