Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

अनुसन्धान भन्छ : भिगोत्स्की मोडेलको शिक्षा र सिकाइ उपयुक्त

बुधबार, १४ साउन २०७७

भिगोत्स्की रुसका शिक्षक, लेखक, शिक्षाविद् एवं दार्शनिक हुन् । उनले आफ्नो जीवनकालमा रुसको शिक्षाको विकासमा ठूलो योगदान दिए । शिक्षाको क्षेत्रमा उनको निर्माणवादले सोभियत रुस लगायत युरोपका अन्य मुलुकहरु एवं विश्व जगतका धेरै देशको शिक्षामा प्रभाव पारेको पाइन्छ । शिक्षा समाजको ऐना हो र यही ऐनामा देखिने बिषयबस्तुहरु बालबालिकाहरुलाई शिक्षा मार्फत् दिनु पर्नेेमा उनले जोड दिएका छन् ।

भिगोत्स्कीको निर्माणवादमा आधारित रचनावादी शिक्षा र सिकाइको प्रभावले सोभियत रुसको शिक्षामा ठूलो क्रान्ति ल्यायो । तत् पश्चात युरोपका शिक्षालयहरुमा भिगोत्स्की मोडेलमा पाठ्यक्रम, पाठ्य पुस्तक निर्माण एवं शिक्षण सिकाइ विधिको यथेष्ट अभ्यास भएको पाइन्छ । 

अहिले विश्वजगतमा अमेरिका र युरोपको शिक्षा पद्घतिलाई अनुकरणीय मानिन्छ । हरेक मुलुकले आप्mनो समाज, संस्कृति, साँस्कृतिक अभ्यास, राजनितिक दर्शन, प्राकृतिक स्रोत र साधन एवं विज्ञान र प्रविधिको विकास लगायतका आधारहरुमा शिक्षाको स्वरुप निर्धारण गरेका हुन्छन् । उल्लेखित विषयहरुलाई राज्यले शिक्षाको नीति, उद्देश्यहरुको निर्धारण, पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माण एवं शिक्षण सिकाइको माध्यमद्वारा तदनुरुपका नागरिक उत्पादन गर्ने आधार बनाएका हुन्छन् । 

रुसमा भिगोत्स्की, अमेरिकामा जोन डिवे, भारतमा महात्मा गान्धी, चीनमा माओत्से तुङ, मिश्रमा अब्दुल नासिर, युगोस्लोभियामा मार्सल टिटो र ताञ्जिनीया माजुलीयस नेरेर जस्ता व्यक्ति एवं व्यक्तित्वहरुले स्वदेशी सीपमा आधारित शिक्षाको विकासमा ठूलो योगदान गरेको पाइन्छ ।

भिगोत्स्कीका अनुसार शिक्षा आर्जनको आधार समाज हो । ज्ञानको हस्तान्तरण घर, परिवार, समुदाय र समाजबाट हुने गर्दछ । समाजबाट स्वत स्पूmर्त रुपमा सिकिने शिक्षा जीवन्त हुन्छ । रचनात्मक हुन्छ । निर्माणात्मक एवं सिर्जनसील हुन्छ भन्ने कुरामा भिगोत्स्की मोडेलले जोड दिएको पाइन्छ । यसले एकातिर समाजको धरातलमा आधारित शिक्षाको खोजी गर्दछ भने अर्को तिर सामाजिक सम्बन्धहरुको मानसिक क्रियाकलापले सिकाइको जग बलियो बनाउँछ भन्नेमा विश्वास गर्दछ ।

भिगोत्स्कीले समाज साँस्कृतिक सम्पदाको वाहक हो, जसको अभावमा मस्तिष्कको पूर्ण विकास हुन सक्दैन भनेका छन् । उनले शिक्षा प्राप्तिको आधार सामाजिक अन्तरक्रिया हो, भन्छन् । पुस्तौं देखि चल्दै आएका सामाजिक चालचलन, रितिरिवाज, पेशागत अभ्यास, चाडवार्ड, भेष भूषा, धार्मिक क्रियाकलाप, आदिको समग्र अभ्यास साँस्कृतिक कार्य हुन् । भिगोत्स्कीका अनुसार उल्लेखित सामाजिक वातावरणले सिकारुको मौलिक चिन्तनको विकासमा ठूलो भूमिका खेलेको हुन्छ । 

समाजलाई ज्ञान आर्जनको क्षेत्र मानिन्छ । बाालबालिकाहरुले समाजसंग अन्तरक्रिया गरेर ज्ञान आर्जन गर्दछन् । यस अर्थमा समाज ज्ञान आर्जनको फराकिलो थलो हो भने शिक्षालयहरु समाजका प्रतिनिधी संस्था हुन् । शिक्षालाई समाजको आवश्यकता अनुरुप विकास गर्न सकियो भने मात्र शिक्षाले समय सापेक्ष समाजको निर्माण गर्न सक्दछ भन्ने भिगोत्स्की मान्यता हो ।  शिक्षालाई कण्ठ गरेर प्रमाणपत्र आर्जन गर्ने माध्यम बनाइनु हुँदैन । शिक्षा रचनात्मक, सिर्जनात्मक, सीप मूलक एवं समाज सापेक्ष हुन जरुरी हुन्छ ।

शिक्षाले आ–आप्mनो सामाजिक अवस्था र क्षमता अनुरुप आप्mनो संस्कारगत तरिकाबाट भावि पुस्ताको तयारी स्वरुप प्रत्येक व्यक्तिको व्यक्तित्व विकास गर्ने मौका प्रदान गर्नु पर्दछ । शिक्षाले समाजको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, धार्मिक, वैज्ञानिक लगायतका बिषयमा बुभ्mने र बुझाउने काम गर्नु पर्दछ । हरेक व्यक्तिमा समाजको ऐतिहासिक आधार, वर्तमानको अवस्था र भविष्यको दिग्दर्शनको बारेमा पर्याप्त ज्ञानहुन आवश्यक हुन्छ । भिगोत्स्कीले सिकारुमा – जन्मिएको माटो, समाजको प्रतिविम्ब र सांस्कृतिक सुवास आएन भने सामाजिक दृष्टिकोणले ऊ असफल हुन्छ भन्दै बालबालिकाहरुले समाजका विविध आयमहरुलाई आत्मसात गर्दै व्यवहार निर्माण, आचरणको विकास एवं भविष्यको उठान गर्दछन् भन्ने धारणा राखेका छन् ।

भिगोत्स्की मोडेल अनुसार शिक्षाले राम्रो र नराम्रो छुट्याउन सक्नु पर्दछ । नराम्रोलाई नराम्रो भन्न नसक्नेहरु शिक्षित हुन सक्दैनन् । सामाजिक अन्धविश्वासलाई तर्क र विज्ञानका आधारमा सत्यको खोजी गर्न सक्नु शिक्षाको काम हो । शिक्षाले व्यबहारमा सरलता, वैज्ञानिक चिन्तन र खोज एवं अनुसन्धानको क्षेत्रलाई सहज भाषाको प्रयोगले निखन्न सक्नु पर्दछ । यसैगरी भिगोत्स्कीको सिकाइ विधिमा सरल तरिकामा जोड दिईन्छ । यसले सिकारुलाई किताबहरु कण्ठ गराउने र लेखाउने शास्त्रीय शैलीलाई ठाडै अस्वीकार गर्दछ । शिक्षण विधिमा मौलिकता, सिर्जनशीलता एवं वैचारिक चिन्तनको विकासलाई प्रश्रय दिन्छ । 

हाम्रो सन्दर्भ 

हाम्रो देशमा शिक्षाको विकासको लागि प्रयत्नहरु भएता पनि विद्यमान शिक्षा प्रणालीमा थुप्रै खोटहरु देखिएका छन् । शिक्षा व्यवहारिक हुन सकेको छैन । शिक्षण सिकाइ वैज्ञानिक, सिर्जनात्मक, रचनात्मक, सरल एवं मौलिक हुन सकेको छैन । अहिले एकातिर हाम्रो शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तकमा रुपान्तरणको आवश्यकता महसुस भएको स्थिति छ भने अर्कोतिर परम्परावादी शास्त्रीय शैेलीको शिक्षण सिकाइलाई मौलिक विधिमा बदल्न कसरत भईरहेको अवस्था छ । यस सन्दर्भमा भिगोत्स्कीको शैक्षिक मोडलबाट मौलिक विधि ग्रहण गर्न सकिन्छ की ?

भिगोत्स्की मोडेलको रचनात्मक शिक्षण पद्धतिले सिकारुमा ज्ञान आर्जनको भोक जगाउने र उनीहरुलाई निराश हुनबाट जोगाएर अभिप्रेरणा दिने कार्यमा जोड दिएको पाइन्छ । सिकारुको सक्रीय सहभागिता विना सिकाइ बोधो हुन्छ । ज्ञान जीवन्त रुपमा हस्तान्तरण हुन सक्दैन । यसर्थ शिक्षकहरुले शिक्षण सिकाइमा निर्देशनात्मक होइन, सहजकर्ताको भूमिका खेल्नु पर्दछ । शैक्षिक बिषबस्तुलाई पण्डित्याई गर्नु भन्दा शिक्षण बिषयबस्तुलाई सरलीकरणगरी स–साना भागहरुमा विभाजन गरी व्यवहारिक एवं प्रभावकारी बनाउनु पर्दछ । 

शिक्षाको माध्यमबाट व्यक्तिलाई समाजोपयोगी बनाउन सकिएन भने त्यो शिक्षा निरर्थक हुन्छ । शिक्षामा माटोको सुगन्धआउनु पर्दछ । समाजको अनुहार झल्कनु पर्दछ । यसो हुन सकेन भने शिक्षा वास्ना विनाको पूmल जस्तो हुन्छ । प्वाँख विनाको मयुर जस्तो हुन्छ । त्यसैले भिगोत्स्कीले शिक्षाको अन्तर सम्बन्ध समाजको भूगोल, इतिहास, विज्ञान,संस्कृति, मानव सभ्यता, चालचलन, रहनसहन, र प्रचलनहरुसंग जोडिनु पर्दछ भन्ने धारण राख्दछन् । 

कुनै पनि समाजमा भावि पुस्तालाई दिइने शिक्षा त्यस समाजको लागि उपयोगी हुनु पर्दछ । शिक्षा समाजको संस्कृति, संस्कार, मूल्य र मान्यताहरुसंग जोडिनु पर्दछ । चन्द्रमाले सबैको भलो गरे जस्तै, जहाँको भए पनि पूmलको सुवास उस्ते भए जस्तै भिगोत्स्की मोडेलले देश सुहाउँदो स्वदेशीपनमा आधारित वैज्ञानिक एवं जीवन्त शिक्षाको विकास गर्न सघाउँछ ।  उनले निर्माण गरेको निर्माणवादी शिक्षाको संरचनाबाट आवश्यक ज्ञान एवं विधिहरु हाम्रो शिक्षा प्रणालीले पनि ग्रहण गर्ने की ?

 

प्रतिक्रिया