कक्षाको परिकल्पना यस्तो स्थानको रूपमा गर्न जरुरी छ, जहाँ विद्यार्थी केवल अंकले मापन गरिने उत्पादन होइनन्, तर चिनिने, बुझिने र सुन्ने पात्र हुन् । जहाँ असफलता डरको विषय होइन, सिकाइको एउटा चरण हो । जहाँ शिक्षक पाठ मात्र होइन, आशा र प्रेरणाका संरक्षक हुन्छन् ।
अर्घाखाँचीको वाङ्ला पटुवाथुममा वि.स. २००१ मा जन्मिएका होमनाथ भट्टराईको शिक्षा आरम्भ गाउँ कै दलाने पाठशालाबाट भएको हो । पण्डित परिवारमा जन्मिएका भट्टराईले पछि कलकत्ता पुगेर अंग्रेजी शिक्षाको अध्ययन पनि गरे । केही समय विद्यालय शिक्षा